Like us!
Follow us!
Connect us!
Watch us!

बाघ बाघै हो ,रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन - प्रमुख सचेतक शाही

अर्थ संसार

मंगलबार, २३ बैशाख २०८२, १५ : ३० मा प्रकाशित

बाघ बाघै हो ,रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन - प्रमुख सचेतक शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभइ छलकपटबाट फालिएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो हुन्। प्रमुख सचेतक शाहीले कसैको राजनीतिक आस्थामाथि प्रहार गर्नु राम्रो नहुने बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै उनले रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने टिप्पणी गरे।

प्रमुख सचेतक शाहीले भने ‘कसैको राजनीतिक आस्थामाथि ठाउँ ठाउँमा प्रश्न भएको छ। अघि यहाँ एक जना माननीयज्युले भन्नुभयो। बाघ होइन भन्नुभयो । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन। तपाईंहरुको यो क्रान्ति के-के भन्नुहुन्छ, कहाँबाट आयो भन्नेकुरा त स्पष्ट थाहा छ नि। राष्ट्रवादी भनेको राष्ट्रवादी हुन्छ, बाघ बुढो भएपनि बाघै हो । बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त ? त्यसैले यो देशको इतिहास हो राजसंस्था। बाघ बाघै हो। रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन, राजा राजै हो।’

प्रमुख सचेतक शाहीले अहिलेको संविधान र व्यवस्था विदेशीहरुले ल्याइदिएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको