Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर नियुक्ति राजनीतिक भागबन्डाबाट होइन योग्यता र पारदर्शिताको आधारमा होस् - चन्दा कार्की

अर्थ संसार

बुधबार, २४ बैशाख २०८२, १३ : ४५ मा प्रकाशित

गभर्नर नियुक्ति राजनीतिक भागबन्डाबाट होइन योग्यता र पारदर्शिताको आधारमा होस् - चन्दा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति नगरेको भन्दै असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद चन्दा कार्कीले राष्ट्र बैंक देशको वित्तीय मेरुदण्ड भएको बताइन्।

उनले गभर्नर रिक्त हुँदा पनि सरकार अझै भागबण्डामा खेलमा व्यस्त रहेको आरोप लगाइन्। गभर्नर कसको भागमा पर्ने भन्ने सौदाबाजीको खेलमा लागेर देशको अर्थतन्त्रको भविष्य दाउमा लगाइरहेको बताइन्। साथै उनले  गभर्नर नियुक्ति राजनीतिक भागबन्डाबाट होइन योग्यता र पारदर्शिताको आधारमा हुनुपर्ने बताएकी छिन् ।

उनले भनिन्, 'गभर्नरको नियुक्ति तत्काल गरियोस् हाम्रो देशको अर्थतन्त्रले आज सक्षम दूरदर्शी र निडर नेतृत्व खोजिरहेको छ। तसर्थ त्यो नियुक्ति राजनीतिक भागबन्डाबाट होइन योग्यता निष्पक्षता र पारदर्शिताको आधारमा होस् र राष्ट्र बैङ्कको गभर्नर जस्तो महत्त्वपूर्ण पदमा हुने नियुक्तिमा अब प्रतिस्पर्धात्मक र रेमिट वेस्ट प्रक्रिया लागू गर्नका लागि चाहिने कानुनी संरचना परिमार्जन गर्ने काम ढिला नहोस् । राजनीतिक अहङ्कारका कारण यदि राष्ट्र बैङ्क कमजोर बन्दै जान्छ र देशको आर्थिक देश आर्थिक दुर्घटनामा पर्न जान्छ भने त्यसको सम्पूर्ण जिम्मेवारी यही सरकारले बोक्नुपर्छ '

 

681b136d64997.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको