Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोले हकप्रद निष्कासनका लागि तोक्यो बुक क्लोजको मिति

अर्थ संसार

विहीबार, २५ बैशाख २०८२, ०९ : ५५ मा प्रकाशित

छ्याङ्दी हाइड्रोले हकप्रद निष्कासनका लागि तोक्यो बुक क्लोजको मिति

छ्याङ्दी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनका लागि आउँदो जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो।

यस कम्पनीले केही दिन अघि मात्र नेपाल धितोपत्र बोर्डबाट १ कित्ता साधारण सेयर बराबर १ कित्ता नयाँ सेयरका दरले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

बोर्डले कम्पनीलाई प्रतिकित्त अंकित मूल्य १ सय रुपैयाँका दरले ३८ लाख ९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो। हकप्रद निष्कासनबाट कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ संकलन गर्नेछ।हकप्रद सेयर निष्कासनका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गर्ने भएकाले जेठ १ गतेसम्म नेप्सेमा यस कम्पनीको साधारण सेयर खरीद गरेका लगानीकर्ताहरूले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको