Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थ संसार

विहीबार, २५ बैशाख २०८२, १० : ३१ मा प्रकाशित

ज्योति विकास बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको सेयर सर्वसाधारणले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन। यद्यपि उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारणलाई अबको ३५ दिनभित्र आफूले लिन चाहेको सेयर कित्ताको विवरण खुलाएर निवेदन दिन आग्रह गरेको छ। बैंकले संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीद प्रस्ताव गरिसकिएको जनाएको छ। साथै सेयर खरीदकर्ता सर्वसाधारण संस्थापक समूहमा पर्ने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको