Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, २६ बैशाख २०८२, १२ : २४ मा प्रकाशित

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले बैंककै संस्थापक समूहको ३१ लाख ८० हजार ३९४ कित्ता सेयर बिक्रीमा राखेको हो।  यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको