Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली जनता भोक खप्न सक्छन्,अन्याय र बेथिति खप्न सक्दैनन् - डीपी अर्याल

अर्थ संसार

शुक्रबार, २६ बैशाख २०८२, १५ : १२ मा प्रकाशित

नेपाली जनता भोक खप्न सक्छन्,अन्याय र बेथिति खप्न सक्दैनन् - डीपी अर्याल

रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालले अहिलेको जस्तो प्रदेश संरचना देशले धान्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले स्थानीय तहलाई बलियो बनाउने नीति तथा कार्यक्रम आउनुपर्नेमा जोड दिए । कार्यबाहक सभापति अर्यालेले भने, ‘जनताले खोजेको प्रमुख कुरा सुशासन हो, नेपाली जनता भोक खप्न सक्ने, तर अन्याय र बेथिति खप्न सक्दैनन् । यो नीति तथा कार्यक्रमले सुशासन कायम गर्ने कुरा उल्लेख त गरेको छ, तर कसरी भन्ने कुरा उल्लेख छैन ।’

उनले सुशासनको झल्को आफूहरुले दिएको जिकिर गरे । सुशासनको अभियानमा हिँडेको आफूहरुमाथि राजनीतिक प्रतिशोध राखेको भन्दै उनले २०८४ बाट क्रान्तिकारी तरिकाले अगाडि बढाउने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको