सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
खुद नाफा
विवरण अनुसार यसअवधिमा लघुवित्तले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले गत वर्षको यसै अवधिसम्म् २ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेकोमा यस वर्ष कम्पनीको खुद नाफा २४३ प्रतिशतले बढेको हो।
सञ्चालन नाफा
चैत मसान्तसम्म कम्पनीको सञ्चालन नाफा पनि ३ करोड २७ लाख रुपैयाँबाट उही प्रतिशतले बढेर ११ करोड २४ लाख रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानी
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३७ करोड ८७ लाख रुपैयाँबाट २८ प्रतिशतभन्दा बढीले वृद्धि भएर ४८ करोड ५९ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी/ जगेडा कोष/रिजर्भ
चुक्ता पूँजी १ अर्ब १० करोड ६२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड ७९ लाख रुपैयाँ र रिजर्भमा ४० करोड ६३ लाख रुपैयाँ सञ्चिति रहेको छ।
कर्जा प्रवाह/निक्षेप संकलन
लघुवित्तले तेस्रो त्रैमाससम्म ५ अर्ब १० करोड रुपैयाँ सापटी लिएको कम्पनीले ११ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेर ५ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
खराब कर्जा
यसअवधिमा कम्पनीको खराब कर्जा ६.२० प्रतिशतबाट घटेर ५.२६ प्रतिशतमा झरेको छ।
प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ
कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३६ पैसाबाट बढेर ९ रुपैयाँ ४८ पैसा पुग्दा प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १६ पैसा छ।
वितरणयोग्य नाफा
चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा (लाभांश क्षमता) ३ करोड ४६ लाख रुपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस