प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ। यसका अतिरिक्त बैठकमा भारत–पाकिस्तानबीचको पछिल्लो तनावपूर्ण अवस्थाबारे छलफल हुनेछ भने आगामी आर्थिक वर्षको बजेट तयारीको प्रारम्भिक अवस्था, सरकारका विभिन्न तर्फबाट भइरहेका नीतिगत तथा कार्यक्रमगत कार्यान्वयनको समिक्षा र समसामयिक राजनीतिक विषयहरूमा समेत गहन विचार–विमर्श हुने बताइएको छ। आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस