Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको रोजाइले उत्साह थप्दा धमाधम आईपीओ जारी गर्दै होटल तथा पर्यटन क्षेत्र,कुन कम्पनीको कति ?

अर्थ संसार

विहीबार, २५ बैशाख २०८२, १५ : ५७ मा प्रकाशित

लगानीकर्ताको रोजाइले उत्साह थप्दा धमाधम आईपीओ जारी गर्दै होटल तथा पर्यटन क्षेत्र,कुन कम्पनीको कति ?

होटल तथा पर्यटन समूहका ९ कम्पनीले  प्रारम्भिक निष्कासन (आईपीओ) प्रस्तावसहित नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन्।  

नेपाल धितोपत्र बोर्डका अनुसार होटल तथा पर्यटन क्षेत्रका कम्पनीले कुल ४ करोड ३३ लाख २० हजार सेयर प्राथमिक निष्काशनका लागि आवेदन दिएका छन् ।  सेबोनको तथ्यांक अनुसार, एपेक्स हस्पिटालिटी, होटल फरेष्ट इन, अर्किड होल्डिङ्गस, अकामा होटल लिमिटेड, ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेड, वर्णवास म्युजियम होटल लिमिटेड र माउण्टेन ग्लोरी लिमिटेड,अन्नपूर्ण केबल कार र, बन्दीपुर केबल कार एण्ड टुरिज्म लिमिटेडको आइपिओ पाइपलाइनमा रहेको छ।

यी कम्पनीहरूले आईपीओ निष्कासन गर्न स्वीकृति माग गर्दै सेबोनमा आवेदन दिएर अनुमतिको पर्खाइमा रहेका छन् ।

कुन कम्पनीको कति ?

पाइपलाइनमा रहेका मध्ये, चार तारे स्तरको होटल क्राउन इम्पेरियल सञ्चालन गरिरहेको अर्किड होल्डिङ्स लिमिटेडले कुल १ करोड १५ लाख कित्ता साधारण सेयर निष्काशनको आवेदन दिएको छ।  बुढानिलकण्ठमा पाँच तारे होटल होलिडे इन सञ्चालन गरिरहेको होटल फरेष्ट इनले ९८ लाख कित्ता सेयर निष्काशनको आवेदन दिएको छ। यो कम्पनी उर्जा मन्त्री दीपक खड्काको स्वामित्वको कम्पनी हो।

पोखरामा रिसोर्ट सञ्चालन गरिरहेको माउण्टेन ग्लोरीले ४० लाख कित्ताबाट ४० करोड रूपैयाँ चुक्ता पूँजी थप्ने योजना छ। यो चार तारे स्तरको लक्जरी रिसोर्ट हो। नक्साल गैरीधारामा हिल्टन ब्राण्डमा लघु लक्जरी होटल सञ्चालन गरिरहेको वर्णवास म्युजियम होटलले ३९ लाख ६० हजार कित्ता साधारण सेयर जारी गरेर ३९ करोड ६० लाख रूपैयाँ पूँजी जुटाउने योजना बनाएको छ। एपेक्स हस्पिटालिटीले २४ लाख कित्ता जारी गरेर २४ करोड रूपैयाँ चुक्ता पूँजी जुटाउनका लागि सेबोनमा आइपिओ निष्काशनको आवेदन दिएको छ। यो कम्पनीले दमाैलीमा तीन तारे स्तरको होटल, सिनेमा घर र सपिङ मल सञ्चालन गरिरहेको छ। होटल सञ्चालनका लागि सिद्धार्थ हस्पिटालिटी बिजनेश ग्रुपसँग साझेदारी गरेको छ।

धुम्बाराहीमा पाँच तारे होटल अकामा सञ्चालन गरिरहेको अकामा होटल लिमिटेडले प्रति कित्ता  ५० का दरले सेयर निष्काशनको प्रस्ताव गरेको छ। यो होटलले कुल ४५ लाख कित्ता सेयर जारी गरेर २२ करोड ५० लाख रूपैयाँ जुटाउने योजना बनाएको छ। अकामा होटलमा सानिमा बैंक र सानिमा समूहको लगानी छ। ठमेल प्लाजा होटल एण्ड सुइट्सले ठमेलमा चार तारे स्तरको रमादा इनकोर ब्राण्डमा होटल सञ्चालन गरिरहेको छ। यो अमेरिकी होटल सञ्जालको ब्राण्ड हो। यो कम्पनीले होटलमा पूँजी थप्न र बैंक ऋण चुक्ता गर्नका लागि १० करोड रूपैयाँ पूँजीका लागि १० लाख कित्ता सेयर जारी गर्ने योजना बनाएको छ। अन्नपूर्ण केबल कारले ३१ लाख र बन्दीपुर केबल कार एण्ड टुरिज्म लिमिटेडले ३० लाख ६० हजार कित्ता सेयर निष्काशनका लागि आवेदन दिएको छ।

अकामा होटल लिमिटेड बाहेक सबै कम्पनीले प्रति कित्ता १०० का दरले सेयर निष्काशनको प्रस्ताव गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको