Like us!
Follow us!
Connect us!
Watch us!

नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

अर्थ संसार

शुक्रबार, २६ बैशाख २०८२, १७ : ०० मा प्रकाशित

नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा मिति २०८२ वैशाख २४ र २५ गते व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी दुई दिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

सो तालिमले अटोमोबाइल वर्कशपहरुमा शुरक्षा, स्वास्थ्य र कल्याण सम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्य राखेको थियो । विभिन्न प्राविधिक पृष्ठभूमिका व्यक्तिहरु सहभागी भएको सो तालिम कार्यक्रममा जोखिम व्यवस्थापन लगायत कार्यस्थलका जोखिमहरू, त्यसको रोकथामका रणनीतिहरू र अटोमोबाइल उद्योगमा शुरक्षा संस्कृतिहरुका सम्बन्धमा जानकारीहरु प्रदान गरिएको थियो । 

नाडाका १२ सदस्य कम्पनीहरुबाट २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको सो तालिम कार्यक्रममा नेपालका ओएचएस विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण दिएका थिए । नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा यस किसिमको तालिम कार्यक्रम पहिलो पटक आयोजना गरेको हो ।

इन्स्योरसंगको सहकार्यमा नाडाले दुई बर्ष अघि देखि अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयहरुमा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका तालिम कार्यक्रमहरु सञ्चालन गरेको हो । तालिमको अन्तिम दिन नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा इन्स्योर परियोजनाका डेपुटी टिम लिडर संजिव कुमार राईले २० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरे । सो समापन कार्यक्रममा नाडाका केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान र इन्स्योर परियोजनाका निजी क्षेत्र संलग्नता विशेषज्ञ लोक राज जोशी समेतको उपस्थिति रहेको थियो । 

सो तालिम कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका तालिम कोओर्डिनेटर आरजु श्रेष्ठले गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको