Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सेयर बजार, कारोबार रकम साढे ११ अर्ब माथि

अर्थ संसार

विहीबार, २५ बैशाख २०८२, १५ : ०३ मा प्रकाशित

घट्यो सेयर बजार, कारोबार रकम साढे ११ अर्ब माथि

नेप्से आज १२.६० अकंले घटेर २६६१.०८ बिन्दूमा बन्द भएको छ । आज ३१५ कम्पनीको ३ करोड ७ लाख ९९ हजार कित्ता सेयर किनबेच भएको हो । कारोबार रकममा भने यसदिन दिन रौनक आएको छ । बिहिबार ११ अर्ब ६५ करोडको सेयर कारोबार भएको हो ।

यसदिन फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । उक्त परिसूचकको सेयरमूल्य ४.१६ ले वृद्धि भएको हो । ६ कम्पनीको सेयरमूल्य बढेको छ भने ७ कम्पनीको घटेको छ ।

यता, चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो, क्रेष्टि माइक्रो, छ्याङ्दी हाइड्रोपावर र ओम मेगाश्रीको सेयरमा सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७८ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको ६५ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५७ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको