Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्ड लक्षित गोकुलको टिप्पणी - दिउँसो जनवादी बिहे, बेलुका महँगो रेस्टुरेन्टमा पार्टी खाएर ढुन्मुनिने !

अर्थ संसार

शुक्रबार, २६ बैशाख २०८२, १५ : १७ मा प्रकाशित

प्रचण्ड लक्षित गोकुलको टिप्पणी - दिउँसो जनवादी बिहे, बेलुका महँगो रेस्टुरेन्टमा पार्टी खाएर ढुन्मुनिने !

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले ‘प्रचण्ड’माथि टिप्पणी गरेका हुन् ।

बाँस्कोटाले  दिउँसो जनवादी बिहे, बेलुका सबैभन्दा महँगो रेस्टुरेन्टमा पाटी खाएर ढुन्मुनिने संस्कार विकास भएको टिप्पणी गरे ।

‘प्रचण्ड’ लाकुरीभञ्ज्याङस्थित टेरेस रिसोर्टको शौचालयमा लडेर घाइते भएको समाचारहरु सार्वजनिक भएपछि बाँस्कोटाको यस्तो टिप्पणी सार्वजनिक भएको हो । जनवादी बिहे गरेर टेरेस रिसोर्टमा आयोजित पार्टीमा प्रचण्ड लड्दा चोट लागेको भन्दै समाचार आएपछि बाँस्कोटाले भनेका छन्,‘अहिले अभ्यास यस्तो भएको छ, दिउँसो जनवादी बिहे, बेलुका सबैभन्दा महँगो रेस्टुरेन्टमा पार्टी खाएर ढुन्मुनिने । यस्तो संस्कारबाट आएका नेताहरूको आँखै फरक हुन्छ।’ 

दलीय व्यवस्थामा सबैका बाध्यता हुने उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको