Like us!
Follow us!
Connect us!
Watch us!

नेसनल लाइफ इन्स्योरेन्सको वित्तीय प्रदर्शन, नाफा लगायतका मुख्य सूचकहरुको अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, ११ : ०५ मा प्रकाशित

नेसनल लाइफ इन्स्योरेन्सको वित्तीय प्रदर्शन, नाफा लगायतका मुख्य सूचकहरुको अवस्था कस्तो ?

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गरेको छ ।  कम्पनीले तेस्रो त्रैमाससम्ममा ४० करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत बर्षको यसै अवधिको तुलनामा ५.१९ प्रतिशत बढी हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले ३८ करोड ८३ लाख रूपैयाँ खुद नाफा गरेको थियो ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। गत वर्ष कम्पनीको ईपीएस १०.३३ रूपैयाँ रहेकोमा यस वर्ष बढेर १०.४९ रूपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत वर्ष १२ अर्ब ६२ करोड रूपैयाँ रहेकोमा यस वर्ष साढे ११ प्रतिशतले बढेर १४ अर्ब ७ करोड रूपैयाँ नाघेको छ।

कम्पनीको कुल आम्दानी साढे १७ अर्ब रूपैयाँबाट बढेर १९ अर्ब ३७ करोड रूपैयाँ नाघेको छ भने कुल खर्च पनि करीब साढे १६ अर्ब रूपैयाँबाट बढेर १८ अर्ब ३२ करोड रूपैयाँ नाघेको छ।

चुक्ता पूँजी ५ अर्ब २१ करोड रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ६१ करोड रूपैयाँ, जगेडा कोषमा साढे ८५ करोड रूपैयाँ र सेयर प्रिमियम २ करोड ७८ लाख रूपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १३६.४७ रूपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको