Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको पहिलो त्रैमास - खुद नाफा १४ करोड ८ लाख, बीमाकोष खर्ब नजिक

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०८२, ०९ : ५२ मा प्रकाशित

नेशनल लाइफको पहिलो त्रैमास - खुद नाफा १४ करोड ८ लाख, बीमाकोष खर्ब नजिक

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको छ।

खुद नाफा

पहिलो त्रैमासमा कम्पनीले १४ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १.८१ प्रतिशतले खुद नाफा बढेको हो। गत बर्ष कम्पनीले १३ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद बीमाशुल्क आर्जन/जीवन बीमाकोष

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ४ अर्ब ८५ करोड ११ लाख रुपैयाँको तुलनामा चालू आवमा झण्डै १४ प्रतिशतले बढेर ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आवको असोज मसान्तसम्म कम्पनीको जीवन बीमाकोषमा ७५ अर्ब ७ करोड ४१ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा २४.७२ प्रतिशतले बढेर ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

कुल आम्दानी/कुल खर्च

यो अवधिमा कम्पनीको कुल आम्दानी ६ अर्ब ६९ करोड ३६ लाख रुपैयाँबाट ९.२३ प्रतिशतले बढेर ७ अर्ब ३१ करोड १४ लाख रुपैयाँ पुग्दा कुल खर्च पनि ६ अर्ब ३० करोड २५ लाख रुपैयाँबाट १०.५८ प्रतिशतले बढेर ६ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी भने ३६ पैसाले घटेर १०.३० रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३१.५४ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी/सेयर प्रिमियम/महाविपत्ति कोष/ जगेडा कोष

चुक्ता पूँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको यस कम्पनीको सेयर प्रिमियम २ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ र जगेडा कोषमा ६३ करोड ८० लाख रुपैयाँ सञ्चिति रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको