Like us!
Follow us!
Connect us!
Watch us!

५ करोडले बढ्यो नेपाल लाइफको नाफा, जीवन बीमा कोष २ खर्ब २५ अर्बमाथि

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, १४ : ३६ मा प्रकाशित

५ करोडले बढ्यो नेपाल लाइफको नाफा, जीवन बीमा कोष २ खर्ब २५ अर्बमाथि

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल लाइफ  इन्स्योरेन्सले ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ८.६४ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले ६० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

कम्पनीको जीवन बीमा कोष गत वर्ष १ खर्ब ८८ अर्ब रूपैयाँ रहेकोमा यस वर्ष करीब २० प्रतिशतले बढेर २ खर्ब २५ अर्ब रूपैयाँ नाघेको छ। त्यसैगरी गत वर्षको चैत मसान्तसम्म २९ अर्ब १२ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष बढेर साढे ३२ अर्ब रूपैयाँ नाघेको छ।

कम्पनीको कुल आम्दानी ४२ अर्ब ७९ करोड रूपैयाँबाट बढेर ४७ अर्ब ७२ करोड रूपैयाँ पुगेको छ भने कुल खर्च पनि ३९ अर्ब ७० करोड रूपैयाँबाट बढेर ४४ अर्ब ९० करोड रूपैयाँ नाघेको छ। चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३२ करोड रूपैयाँ, जगेडा कोषमा १ अर्ब १८ करोड रूपैयाँ सञ्चिति रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) गत वर्ष ९.७५ रूपैयाँ रहेकोमा यस वर्ष ०.१२ रूपैयाँले घटेर ९.६३ रूपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १३५.८१ रूपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको