क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उछाल आएको छ ।
खुद नाफा
प्रकाशित विवरणअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म १ करोड ५ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको सोही अवधिसम्म १४ लाख २६ हजार रूपैयाँ मात्रै खुद नाफा गरेको कम्पनीले यस वर्ष भने ६३८.६४ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको हो।
जीवन बीमा कोष
त्यस्तै यस वर्ष कम्पनीको जीवन बीमा कोषको आकार पनि ९२ लाख ४१ हजार रूपैयाँबाट ५२० प्रतिशतले बृद्धि भएर ५ करोड ७३ लाख रूपैयाँ नाघेको छ।
खुद ब्याज आम्दानी
खुद ब्याज आम्दानी पनि गत वर्ष ४ करोड ३४ लाख रूपैयाँ रहेकोमा यस वर्ष ३६४.४२ प्रतिशतले बढेर १९ करोड ४१ लाख रूपैयाँभन्दा माथि पुगेको छ।
कुल आम्दानी/कुल खर्च
कम्पनीको कुल आम्दानी १९८.७२ प्रतिशतले वृद्धि हुँदा कुल खर्च पनि १९०.५९ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष कम्पनीको कुल आम्दानी ७ करोड ८६ लाख रूपैयाँ रहेकोमा यस वर्ष करीब साढे २३ करोड रूपैयाँ र कुल खर्च गत वर्ष ७ करोड ७१ लाख रूपैयाँ रहेकोमा यस वर्ष २२ करोड ४२ लाख रूपैयाँ नाघेको छ।
चुक्ता पूँजी/महाविपत्ति कोष/जगेडा कोष
चुक्ता पूँजी ७५ करोड रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा साढे २० लाख रूपैयाँ र जगेडा कोषमा १ करोड २२ लाख रूपैयाँ सञ्चिति रहेको छ।
प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ
कम्पनीको प्रतिसेयर आम्दानी ०.३६ रूपैयाँबाट बढेर १.८७ रूपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १०२.८८ रूपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस