Like us!
Follow us!
Connect us!
Watch us!

सिडिबि हाइड्रोपावरको विशेष साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

अर्थ संसार

मंगलबार, २० कार्तिक २०८१, १० : ५५ मा प्रकाशित

सिडिबि हाइड्रोपावरको विशेष साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

सिडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारणसभा आज कार्तिक २० गते सम्पन्न भएको छ  ।

कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा आज बिहान बसेको बैठकले कम्पनीको साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा थपघट गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरको छ। 

यस बाहेक सभाले कम्पनीको ५ जना संचालकहरूको नियुक्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ। जस अनुसार सर्वसाधारण सेयरधनीहरुको तर्फबाट रमेश प्रसाद नेपाल ,उत्तम भ्लोन ,अनिल कुमार रुङ्गटा ,प्रविन महर्जन र आयुषा श्रेस्ठ संचालक नियुक्त भएका छन्। 

विशेष सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते बुक क्लोज तय गरेको थियो। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको