Like us!
Follow us!
Connect us!
Watch us!

सेयर संरचना परिवर्तन गर्दै एनएमबि लघुवित्त

अर्थ संसार

बुधबार, ३१ बैशाख २०८२, १० : ३५ मा प्रकाशित

सेयर संरचना परिवर्तन गर्दै एनएमबि लघुवित्त

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको सेयर संरचना परिवर्तन गर्ने भएको छ ।

हाल ६० प्रतिशत रहेको संस्थापक सेयरलाई ५१ प्रतिशतमा झार्ने र ४० प्रतिशत रहेको सर्वसाधारण सेयरलाई ४९ प्रतिशत बनाउने गरी स्वामित्व परिमार्जन गर्ने कम्पनीले जनाएको छ।

आफ्नो संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न नचाहने संस्थापक सेयरधनीलाई २१ दिनभित्र पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन आग्रह गरेको छ। निवेदन प्राप्त नभएमा सेयर परिवर्तन गर्न मञ्जूर रहेको मानी सोही अनुसार प्रक्रिया अघि बढाइने संस्थाको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको