Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न एनएमबि लघुवित्तको सभा वैशाखमा, बुकक्लाेज कहिले ?

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, १० : २५ मा प्रकाशित

लाभांश पारित गर्न एनएमबि लघुवित्तको सभा वैशाखमा, बुकक्लाेज कहिले ?

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार वैशाख १५ गते पोखरामा हुनेछ ।

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात,  आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार  आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पारित गरिन्छ । 

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि  चैत्र १७ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले चैत्र १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको