एनएमबि लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको ९ प्रतिशत सेयर सर्वसाधारणमा रूपान्तरण गर्ने भएको छ।
संस्थाले आज एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणबीचको सेयर संरचना परिवर्तन गर्न उक्त निर्णय लिइएको जानकारी गराएको हो। हाल संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहेकोमा, यो परिवर्तनपछि संस्थापकको हिस्सा घटेर ५१ प्रतिशत र सर्वसाधारणको हिस्सा बढेर ४९ प्रतिशत पुग्नेछ।
संस्थाले संस्थापक सेयरलाई सर्वसाधारणमा रूपान्तरण गर्न इच्छुक नभएका सेयरधनीहरूलाई २१ दिनभित्र पोखराको न्युरोडस्थित केन्द्रीय कार्यालयमा लिखित रूपमा निवेदन दिन आग्रह गरेको छ। तोकिएको समयभित्र कुनै निवेदन प्राप्त नभएमा, संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण गर्न स्वीकृति प्राप्त भएको मानिनेछ र प्रक्रिया अगाडि बढाइने संस्थाले स्पष्ट पारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस