Like us!
Follow us!
Connect us!
Watch us!

क्रेस्ट माइक्रो लाइफले जेठ २३ गते बोलायो साधारण सभा, के छन् प्रस्ताव ?

अर्थ संसार

विहीबार, ०१ जेठ २०८२, १० : ११ मा प्रकाशित

क्रेस्ट माइक्रो लाइफले जेठ २३ गते बोलायो साधारण सभा, के छन् प्रस्ताव ?

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आउँदो जेठ २३ गते सुर्खेतस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे दोस्रो वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

साथै सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन पनि सभाले गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको साधारणसभामा भाग लिन योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको