Like us!
Follow us!
Connect us!
Watch us!

विन्ध्यावासिनी हाइड्रोपावरको पौने ९७ लाख कित्ता सेयरको लइकन असार २ गते सकिँदै

अर्थ संसार

विहीबार, ०१ जेठ २०८२, १० : ५६ मा प्रकाशित

विन्ध्यावासिनी हाइड्रोपावरको पौने ९७ लाख कित्ता सेयरको लइकन असार २ गते सकिँदै

विन्ध्यावसिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब पौने ९७ लाख कित्ता सेयरको लइकन असार २ गतेबाट सकिने भएको छ।  

कम्पनीको संस्थापक, कर्मचारी र आयोजना प्रभावित स्थानीयको गरी कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरको लइकन आउँदो असार २ गतेबाट सकिने भएको हो। जसमा संस्थापकको ८४ लाख ७३ हजार ५०० कित्ता, कर्मचारीको ६७ हजार ७८८ कित्ता र आयोजना प्रभावित स्थानीयको ११ लाख २९ हजार ८०० कित्ता रहेको छ।

धितोपत्र बोर्डमा विन्ध्यावासिनी हाइड्रोपावरको कुल १ करोड १२ लाख ९८ हजार कित्ता सेयर दर्ता रहेको छ। कुनै पनि कम्पनीको सर्वसाधारण जारी आइपीओ बाँडफाँट गरिएको मितिबाट ३ वर्षसम्म लकइनमा राख्नुपर्नेछ प्रावधान रहेको छ।  कम्पनीका सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यकारी कर्मचारीको हकमा भने नियमअनुसार सेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको