नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले मुलुकको आर्थिक विकासमा बीमाको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन्। बीमा प्राधिकरणको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक क्रियाकलापमा देखिन सक्ने विविध जोखिमको मूल्यांकन गरी सुरक्षित लगानी वातावरण सिर्जना गर्न बीमा क्षेत्रले महत्वपूर्ण योगदान दिन सक्ने धारणा व्यक्त गरिन्।
उनले बीमाको पहुँच सबै नागरिकसम्म पु¥याउन कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याइन्। नेपालको जस्तो विकासोन्मुख मुलुकमा बीमाले आर्थिक गतिविधिहरूलाई सहज बनाउने बताउँदै, बीमाप्रतिको जनविश्वास बढाउन बीमा प्राधिकरणले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन्।
डा. ढुंगानाले बीमा व्यवसायलाई प्रतिस्पर्धी र विश्वसनीय बनाउन नियमनकारी निकायको रूपमा बीमा प्राधिकरणले विशेष ध्यान दिनुपर्ने उल्लेख गरिन्। साथै, बैंकिङ र बीमा क्षेत्र एकआपसमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने आवश्यकतामाथि पनि उनले जोड दिइन्।
डिजिटल प्रविधिको अधिकतम प्रयोगमार्फत बीमा क्षेत्रमा पारदर्शिता अभिवृद्धि गर्न सकिने उल्लेख गर्दै, उनले बीमा दाबी भुक्तानी प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन बीमा प्राधिकरणले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखिन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस