Like us!
Follow us!
Connect us!
Watch us!

करिब १२% ले बढ्यो जीवन बीमा कम्पनीहरूको नाफा,कसको कति ?

अर्थ संसार

शुक्रबार, ०२ जेठ २०८२, १३ : ३० मा प्रकाशित

करिब १२% ले बढ्यो  जीवन बीमा कम्पनीहरूको नाफा,कसको कति ?

जीवन बीमा कम्पनीहरूले ९ महिनामा पौने ५ अर्ब रुपैयाँ नाफा गरेका छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १४ वटा जीवन बीमा कम्पनीले ४ अर्ब ८८ करोड ७२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ३६ करोड ६२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरूको नाफा ११.९३ प्रतिशत बढेको हो । 

कसको कति ?

 तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ ।  नेपाल लाइफले चैत मसान्तसममा ६५ करोड २२ लाख २३ हजार रुपैयाँ नाफा गरेको हो । जुन जीवन बीमा कम्पनीहरूमध्येकै सबैभन्दा धेरै हो । गत वर्षको चैतमा यस कम्पनीले ६० करोड ३ लाख ५७ हजार रुपैयाँ नाफा गरेको थियो ।  नाफा धेरै बढाउनेमा भने एसियन लाइफ इन्स्योरेन्स छ ।  को ५९.५० प्रतिशत बढेर ३३ करोड ४७ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैतमा यस कम्पनीले २० करोड ९८ लाख ४४ हजार रुपैयाँ नाफा गरेको थियो । 

दोस्रो धेरै नाफा आर्जन गर्नेमा हिमालयन लाइफ रहेको छ। अघिल्लो वर्ष हिमालयन लाइफले ४३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ४७ करोड २४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ८.४९ प्रतिशतले बढेको छ।

धेरै नाफा आर्जन गर्ने तेस्रो कम्पनीमा रिलायबल नेपाल लाइफ रहेको छ। यो कम्पनीले समीक्षा अवधिसम्म ४६ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३४ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ३६.८८ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको तेस्रोे त्रैमाससम्म नेसनल लाइफले ४० करोड ८५ लाख रुपैयाँ, आइएमई लाइफले ३६ करोड ६३ लाख रुपैयाँ, सिटिजन लाइफले ३५ करोड ७६ लाख रुपैयाँ, मेटलाइफले ३४ करोड ५१ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ३३ करोड ७६ लाख रुपैयाँ गरेका छन्। अघिल्लो वर्षको तुलनामा नेसनल लाइफको नाफा ५.१९ प्रतिशत, आइएमई लाइफको १०.४९ प्रतिशत, सिटिजन लाइफको २७.१४ प्रतिशत, मेटलाइफको २७.६१ प्रतिशत, सानिमा रिलायन्स लाइफको १०.७७ प्रतिशत र एसियन लाइफको ५९.५१ प्रतिशतले नाफा बढेको छ।

यसैगरी चालु आर्थिकको चैतसम्म सन नेपाल लाइफले ३२ करोड ८९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २९ करोड ५७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २७ करोड ७ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले २३ करोड ६० लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले १ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा सन नेपाल लाइफको नाफा ३३.३६ प्रतिशतले घट्दा सूर्यज्योतिको ३१.९० प्रतिशत, प्रभु महालक्ष्मीको ०.६७ प्रतिशत र एलआईसी नेपालको २२.६६ प्रतिशतले बढेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा पनि ३७.१० प्रतिशतको संकुचन आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको