एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १९औं वार्षिक साधारण सभा जेठ २९ गतेका दिन आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले सभा आह्वान गर्ने निर्णय गरेको हो।
सभा बिहान ११ बजेदेखि काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा हुनेछ।
सभामा आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई २.५० प्रतिशत बोनस सेयर तथा ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। उक्त लाभांश २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँ चुक्ता पूँजीको आधारमा हुनेछ।
सभामा निम्न प्रस्तावहरू पनि पारित गरिनेछन्:
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, तथा अन्य वित्तीय विवरणहरू पारित गर्ने।
आगामी आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारण गर्ने।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने।
सञ्चालक समितिको बैठक भत्ता र गत आवको खर्च अनुमोदन गर्ने।
सभा र लाभांश प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसैले जेठ २१ गतेसम्म कायम सेयरधनीहरू मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस