Like us!
Follow us!
Connect us!
Watch us!

रेशम चौधरीलाई नियत राखेर पक्राउ गरिएको होइन, कर्मचारीले बदमासी गरेका हुन्ः गृह मन्त्री

अर्थ संसार

विहीबार, २५ बैशाख २०८२, १९ : ०५ मा प्रकाशित

रेशम चौधरीलाई नियत राखेर पक्राउ गरिएको होइन, कर्मचारीले बदमासी गरेका हुन्ः गृह मन्त्री

गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई नियत राखेर पक्राउ नगरिएको बताएका छन ।

चौधरी पक्राउ प्रकरणमा प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैँ गृहमन्त्री लेखकले यसमा कुनै पुर्वाग्रह नभएको पनि जनाएका छन् ।

‘भविष्यमा यस्ता घटना नदोहोरिनको लागि सबैलाई सचेत र सजग बनाएको छ। यस घटनाले रेशम चौधरीलाई भएको पीडाप्रति दुख व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

उनका अनुसार  सर्वोच्च अदालतको शाखा अधिकृत महिमानसिंह बिष्टले अनधिकृत पत्र तयार पारेको कारणले चौधरीलाई पक्राउ गरिएको उल्लेख गर्दै सो कार्य गैरकानुनी भएको खुले पछि पुनः छाडिएको बताए । चौधरीलाई पक्राउ पुर्जी जारी गर्ने बिष्टलाई पक्राउ गरेर अनुसन्धान सुरू गरिएको तथ्यले पनि पुर्वाग्रह नभएको उनको प्रस्टोक्ती रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको