पिपुल्स पावर कम्पनीले हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले १ः०.५ को अनुपातमा हकप्रद बिक्री गर्न अनुमति माग्दै बोर्डमा निबेदन दिएको थियो ।
प्रत्येक सेयरको मूल्य १०० रुपैयाँको दरमा कुल ३१ करोड ६३ लाख रुपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी हुनेछ। यस कार्यका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धकको रूपमा तोकिएको छ।
हकप्रद सेयर बिक्री पश्चात पिपुल्स पावरको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस