Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरका लागि विश्व पौडेलको योग्यता नपुग्नेभन्दै पुगेको रिट सर्वोच्चद्वारा दरपिठ

अर्थ संसार

शुक्रबार, ०२ जेठ २०८२, १२ : ३७ मा प्रकाशित

गभर्नरका लागि विश्व पौडेलको योग्यता नपुग्नेभन्दै पुगेको रिट सर्वोच्चद्वारा दरपिठ

सर्वोच्च अदालतले अर्थविद् डा. विश्व पौडेलविरुद्ध दायर गरिएको रिटलाई दरपीठ गरेको छ। अदालतका रजिष्टार भद्रकाली पोखरेलले सो रिट दर्ता गर्न अस्वीकार गरेका हुन्।

गत मंगलबार अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले डा. पौडेलविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए। तर चार दिनपछि, रिटको विषयवस्तु र प्रक्रियागत पक्ष नपुगेको भन्दै सर्वोच्च अदालत प्रशासनले दर्ता अस्वीकृत गरेको हो।

रिटमा अधिवक्ताद्वयले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन खोजिएको आरोप लगाउँदै पौडेलको नियुक्ति रोक्न माग गरेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको