एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषकको टोलटोल र घरघरमा पुगेर बीमा सम्बन्धी जागरुकता अभियानलाई निरन्तरता दिँदै, यसपटक त्रिवेणी गाउँपालिका ३, झुल्नेटा, रुकुम पश्चिममा कृषि र पशुपन्छी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेश कोअर्डिनेटर, सुनील श्रेष्ठले कृषकलाई बीमाको दायरामा ल्याउन विभिन्न स्थानमा कृषि तथा पशुपन्छी बीमाका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि, त्रिवेणी गाउँपालिका ३ का वडा अध्यक्ष दीपेन्द्र कुमार वलीले बीमाको महत्व बुझ्न सबैलाई आग्रह गर्दै, सहभागीलाई बीमा सचेतना फैलाउन टोल टोलमा जाने आग्रह गरे। उनले भने, "सभी कृषकलाई बीमा अपरिहार्य छ, विशेषगरी कृषि र पशुपन्छी बीमा कृषकका लागि अत्यन्त आवश्यक छ र यसले लाभ दिनेछ।"
कार्यक्रमका संयोजक, एनएलजी इन्स्योरेन्स कम्पनीका सल्यान शाखा प्रमुख, अनुराग बोहराले बीमा सम्बन्धी छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिएका छन्। उनले सरकारले कृषकलाई दिने बीमा शुल्कको ८०% अनुदानको लाभ र बीमाको महत्त्व बुझाउन रुकुम पश्चिमका सबै कृषकलाई बीमाको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे।
सल्यान शाखा प्रमुख बोहराले उपस्थित सबैलाई स्वागत गर्दै कृषि र पशुपन्छी बीमाका प्रावधान, दाबी प्रक्रिया र महत्त्वका बारेमा विस्तृत जानकारी दिएका थिए। कार्यक्रममा ५१ जना सहभागी कृषकहरूले बीमासम्बन्धी जानकारी प्राप्त गरे।
त्यसैगरी, कार्यक्रमको संचालन रुकुम पश्चिम शाखा प्रमुख, हेमराज बोहराले गरेका थिए। कार्यक्रमका अन्य अतिथिहरूमा त्रिवेणी गाउँपालिका ३ का वडा सदस्य रति दमाई, पत्रकार नोखिराम थापा, युवा व्यवसायी बिबियस बुढा मगर, जनक खत्री, र पशु प्राविधिक जगत खड्का पनि उपस्थित थिए।
यस कार्यक्रमले कृषकहरूलाई बीमा सम्बन्धी प्रष्ट जानकारी दिएर, बीमाको महत्व र दावी प्रक्रियाबारे सचेत गराउने महत्वपूर्ण भूमिका खेल्यो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस