Like us!
Follow us!
Connect us!
Watch us!

तरलता थुप्रिएपछि बैंकिङ प्रणालीबाट फेरि आज २४ अर्ब खिच्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, ०४ जेठ २०८२, ११ : ५३ मा प्रकाशित

तरलता थुप्रिएपछि बैंकिङ प्रणालीबाट फेरि आज २४ अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरणको प्रयोग गर्दै प्रणालीबाट पैसा तानिरहेको छ। यही क्रमलाई निरन्तरता दिँदै राष्ट्र बैंकले जेठ ४ गते (आज) पनि २४ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकका अनुसार तरलता व्यवस्थापन गर्न आज दिउँसो ३ बजे बोलकबोल प्रणालीमार्फत निक्षेप संकलन गरिनेछ।

निक्षेप दिन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन २१ दिनको अवधिको हुनेछ र जेठ २५ गते साँवा तथा ब्याजसहित भुक्तानी गरिनेछ।

पछिल्लो समय कर्जा प्रवाहमा खासै वृद्धि नहुँदा बैंकिङ प्रणालीमा तरलता बढिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरू न्यून ब्याजदर, झण्डै ३ प्रतिशतको हाराहारीमा, राष्ट्र बैंकलाई पैसा राख्न बाध्य छन्। यस अवस्थाले वित्तीय प्रणालीमा ब्याजदर घट्ने सम्भावनासमेत देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको