Like us!
Follow us!
Connect us!
Watch us!

बैंक/वित्तीय संस्थाको कर्जा लगानी ५८ खर्ब नाघ्यो,कुन क्षेत्रमा कति ?

अर्थ संसार

आइतबार, २९ चैत्र २०८२, १२ : ४३ मा प्रकाशित

बैंक/वित्तीय संस्थाको कर्जा लगानी ५८ खर्ब नाघ्यो,कुन क्षेत्रमा कति ?

चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५८ खर्ब १३ अर्ब ३६ करोड रुपैयाँ नाघेको  छ । यो रकम कुल निक्षेपको ७४ प्रतिशत हो।  नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय क्षेत्रको कुल निक्षेप संकलन ७८ खर्ब ७२ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। यो अवधिमा सबैभन्दा बढी उपभोग कर्जा प्रवाह भएको छ। 

फागुन मसान्तसम्म कुल १२ खर्ब ७३ अर्ब उपभोग कर्जा गएको छ भने दोस्रोमा थोक तथा खुद्रा व्यापार क्षेत्रमा १० खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ।  त्यस्तै कृषि, वन, पेय पदार्थ गैरखाद्य उत्पादनतर्फ ९ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ। 

त्यस्तै, उपभोग कर्जामा १२ खर्ब ७३ अर्ब रुपैयाँ लगानी भएको छ । विद्युत, ग्यास र पानी क्षेत्रमा ४ खर्ब ८८ अर्ब र कृषि तथा वन क्षेत्रमा ३ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ।

उद्योगतर्फ मेटल, मेसिनरी तथा इलेक्ट्रोनिक्स क्षेत्रमा ७६ अर्ब तथा निर्माण क्षेत्रमा २ खर्ब ५१ अर्ब रुपैयाँ लगानी भएको छ। यस्तै, ट्रान्सपोर्ट, कम्युनिकेसन तथा पब्लिक युटिलिटीमा ८७ अर्ब र फाइनान्स, इन्स्योरेन्स तथा रियल स्टेट क्षेत्रमा ४ खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको