Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोपावरको १:१ हकप्रदलाई सेबोनले दियो स्वीकृति

अर्थ संसार

मंगलबार, ०६ जेठ २०८२, २० : ३४ मा प्रकाशित

बरुण हाइड्रोपावरको १:१ हकप्रदलाई सेबोनले दियो स्वीकृति

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १:१ अनुपातमा हकप्रद सेयर ल्याउने भएको छ। नेपाल धितोपत्र बोर्डले आज कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो।

अब कम्पनीले हाल कायम चुक्तापुँजीको १०० प्रतिशत बराबरका सेयर अर्थात् ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ।

यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्नेछ। यो बिक्रीपछिको कम्पनीको चुक्तापुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

बरुण हाइड्रोपावरको हकप्रद सेयर निष्कासन तथा बिक्रीको सम्पूर्ण व्यवस्थापन आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड ले गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको