Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्दै अर्विट इनर्जी, धितोपत्र बोर्डमा दियो निवेदन

अर्थ संसार

बुधबार, ०७ जेठ २०८२, १० : १६ मा प्रकाशित

आईपीओ निष्कासन गर्दै अर्विट इनर्जी, धितोपत्र बोर्डमा दियो निवेदन

अर्विट इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ। कम्पनीले ५० लाख कित्ता सेयर निष्कासनका लागि अनुमति माग्दै आवेदन दिएको हो।

यस आईपीओ अन्तर्गत कम्पनीले प्रति कित्ता १०० रूपैयाँ अंकित मूल्यमा जम्मा ५० करोड रूपैयाँ बराबरको पूँजी जुटाउने तयारी गरेको छ। सेयर निष्कासनमार्फत सर्वसाधारणलाई स्वामित्वमा सहभागी गराउँदै कम्पनीले आफ्ना व्यवसायिक गतिविधि विस्तार गर्ने लक्ष्य राखेको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेड लाई दिइएको छ। क्यापिटलले आवश्यक प्रक्रिया पुरा गरी सेबोनसँग नियामकीय स्वीकृतिको प्रक्रिया अघि बढाइरहेको छ। आईपीओ स्वीकृति प्राप्त भएपछि अर्विट इनर्जी लिमिटेडले नेपाल स्टक एक्सचेञ्जमार्फत सेयर सार्वजनिक निष्कासन गर्नेछ। सेयर निष्कासनबाट प्राप्त रकम कम्पनीका पूर्वनिर्धारित योजनाहरूमा खर्च गरिने जनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको