Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ अनुमतिको पर्खाइमा अकामा होटल - आम्दानी २२ करोड १० लाख पुगेपनि उच्च ब्याज खर्चले घाटामा

अर्थ संसार

शुक्रबार, ०९ जेठ २०८२, ११ : ५१ मा प्रकाशित

आइपीओ अनुमतिको पर्खाइमा अकामा होटल - आम्दानी २२ करोड १० लाख पुगेपनि उच्च ब्याज खर्चले घाटामा

अकामा होटल लिमिटेडले सन् २०२४ मा २२ करोड १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २४.८५ प्रतिशतले बढी हो। केयर रेटिङ नेपालले प्रकाशित गरेको तथ्यांकअनुसार, कम्पनीले सन् २०२३ मा १७ करोड ७० लाख र सन् २०२२ मा १० करोड रुपैयाँ आम्दानी गरेको थियो।

आम्दानी वृद्धिको मुख्य कारण होटलको अकुपेन्सी दरमा सुधार हो। अघिल्लो वर्षको ३० प्रतिशतको तुलनामा सन् २०२४ मा अकुपेन्सी दर ४६ प्रतिशतमा पुगेको छ। मिटिङ, सेमिनार र एक्जिबेसन कार्यक्रमहरूको संख्यामा वृद्धि हुनुले आम्दानीमा सकारात्मक प्रभाव पारेको हो।

तर, आम्दानीमा उल्लेखनीय सुधार आए पनि कम्पनी अझै पनि नाफामा जान सकेको छैन। उच्च ब्याज खर्चका कारण गत वर्ष कम्पनी घाटामा रह्यो। 

यसैबीच, अकामा होटल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरिरहेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा ४५ लाख कित्ता सेयर सार्वजनिक निष्कासनका लागि अनुमति मागेको छ। प्रति सेयर ५० रुपैयाँका दरले कम्पनीले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्ने योजना बनाएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको