Like us!
Follow us!
Connect us!
Watch us!

अकामा होटलको सेयर प्रस्तावमा फेरबदल, अब ५० होइन १०० दरमा

अर्थ संसार

विहीबार, १२ असार २०८२, ०७ : ३९ मा प्रकाशित

अकामा होटलको सेयर प्रस्तावमा फेरबदल, अब ५० होइन १०० दरमा

राजधानीको धुम्बाराहीमा ‘रामाडा काठमाडौं’ ब्रान्डमार्फत पाँचतारे होटल सञ्चालन गर्दै आएको अकामा होटल लिमिटेडले आफ्नो प्रस्तावित प्राथमिक सेयर (आइपीओ) को योजना पुनः संशोधन गर्दै अंकित मूल्य दोब्बर बनाएको छ।

पहिले प्रतिकित्ता रु ५० को दरमा ४५ लाख कित्ता सेयर जारी गर्ने तयारीमा रहेको कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार अब प्रति सेयर रु १०० को दर कायम गर्दै कित्ता संख्या घटाएर २२ लाख ५० हजारमा सीमित पारेको हो।

यससँगै कम्पनीले सर्वसाधारणबाट २२ करोड ५० लाख रुपैयाँ बराबरको चुक्ता पुँजी संकलन गर्ने योजना यथावत राखेको छ। कम्पनीले असार ६ गते संशोधित विवरणसहितको सार्वजनिक निष्काशन आह्वानपत्र धितोपत्र बोर्डमा पेश गरिसकेको छ।

सानिमा समूहको मुख्य प्रवर्द्धनमा स्थापना भएको यो होटलले काठमाडौँको पर्यटकीय क्षेत्र धुम्बाराहीमा पाँचतारे स्तरको सेवा प्रदान गर्दै आएको छ। २०८१ साल असार २६ गते आइपीओका लागि पहिलो पटक आवेदन दिएको होटलको प्रस्ताव हालसम्म पनि बोर्डको स्वीकृतिको प्रतीक्षामा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको