Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारी पक्राउमा गृहमन्त्रीको राजीनामा माग उचित होइन : सूचना मन्त्री गुरुङ

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, १५ : ५३ मा प्रकाशित

कर्मचारी पक्राउमा गृहमन्त्रीको राजीनामा माग उचित होइन : सूचना मन्त्री गुरुङ

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यागमन विभागमा एक कर्मचारी पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग अनुचित भएको बताएका छन्।

आइतबार भद्रकालीमा आयोजित फोटो प्रदर्शनी कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले सुरुमा छानबिन प्रक्रिया पूरा हुन दिनुपर्ने बताएका हुन्।

‘अध्यागमनमा जे खालको अनियमितता भयो भनेर छानबिन भइरहेको छ, त्यसलाई अघि बढ्न दिनुपर्छ,’ उनले भने। गृहमन्त्रीको राजीनामा मागबारे सोधिएको प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छ भने गृहमन्त्रीले किन राजीनामा दिनुपर्ने?’

सरकारका प्रवक्ता समेत रहेका गुरुङले भाषण र नाराले मात्रै समृद्धि नआउने उल्लेख गर्दै अब कम बोल्ने र धेरै काम गर्ने संस्कृतिको थालनी गर्नुपर्ने बताए।

उनले पर्यटन क्षेत्रलाई थोरै लगानीमा धेरै उपलब्धि हासिल गर्न सकिने क्षेत्रका रूपमा चिनाउँदै, यसमा इमानदार ढंगले काम गर्न आग्रह गरे।

राष्ट्रिय समाचार समितिले आयोजना गरेको फोटो प्रदर्शनीमार्फत पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश जाने विश्वास उनले व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको