नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचार सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
सम्झौतामा कोषको पोखरा शाखाका प्रमुख नवराज गौतम र पोलिक्लिनिकका तर्फबाट प्रवेश चन्द्र उप्रेतीले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार, कोषका कर्मचारी, सञ्चालक तथा उनीहरूको परिवारका सदस्यहरूलाई ल्याब, बेड, फार्मेसी, अल्ट्रासाउण्ड, ईसीजी र एक्सरेजस्ता सेवामा १० देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस