राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष २०८२/८३ को बजेटबारे उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ब्रिफिङ गरेका छन्।
संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते, बिहीबार आगामी वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। सोही सन्दर्भमा अर्थमन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बजेटको प्रारुप र प्रमुख बुँदाहरूको बारेमा जानकारी गराएका हुन्।
राष्ट्रपतिको स्वकीय सचिवालयले उक्त जानकारी दिएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस