राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन् ।
सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि सिफारिस गरेको थियो । जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेशमात्र जारी गरिएको छ भने बाँकी ५ वटा अध्यादेशहरू हाल राष्ट्रपति कार्यालयमा ‘होल्ड’ मा रहेका छन्।
सरकारले संवैधानिक परिषद्, सहकारी ऐन संशोधन, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल ऐन संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश र सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
राष्ट्रपतिले आज संविधानविद्हरूसँग अध्यादेशबारे परामर्श गर्दै छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस