Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

अर्थ संसार

मंगलबार, २२ बैशाख २०८३, १२ : ३० मा प्रकाशित

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुन: राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

यसअघि सरकारद्वारा सिफारिस गरिएका आठमध्ये सात वटा अध्यादेश राष्ट्रपतिले जारी गरेका थिए भने संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाइएको थियो। तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेशलाई यथावत् रूपमा पुनः सिफारिस गरेपछि राष्ट्रपतिले आज त्यसलाई जारी गरेका छन्।अध्यादेशमा संवैधानिक परिषद्को बैठकका लागि कम्तीमा चार जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यहरूको बहुमतबाट निर्णय लिन सकिने प्रावधान समावेश गरिएको छ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद ६ सदस्यीय हुन्छ । परिषदमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलको नेता, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष रहन्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको