उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सार्वजनिक संस्थानहरूको समग्र आर्थिक स्थिति सार्वजनिक गरेका छन्।
उनका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्ममा सार्वजनिक संस्थानहरूको कुल सम्पत्ति २९ खर्ब १० अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.२० प्रतिशतले वृद्धि हो। सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी पनि ५.८६ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।
हाल औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनउपयोगी र वित्तीय क्षेत्रसम्बन्धी गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन्। तीमध्ये २० वटा संस्थान पूर्ण सरकारी स्वामित्वमा छन् भने बाँकी २५ संस्थानमा सरकारको बहुल लगानी छ। कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्ष (२०७९/८०) को तुलनामा ०.२३ प्रतिशतले घटेको हो।
अर्थमन्त्री पौडेलका अनुसार सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटा संस्थान नाफामा छन्, १५ वटा घाटामा छन् भने दुई संस्थान पूर्ण रूपमा बन्द अवस्थामा रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस