सरकारको तर्फबाट चालू आर्थिक वर्षको समग्र आर्थिक अवस्थाको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण बिहीबार प्रतिनिधिसभामा पेश गरिएको छ। अर्थमन्त्री डा. विष्णुप्रसाद पौडेलले संसद्को बैठकमा आर्थिक वर्ष २०८०/८१ सम्मको अवस्थाबारे विवरण प्रस्तुत गरेका हुन्।
आर्थिक सर्वेक्षणमार्फत उनले मुलुकमा वित्तीय पहुँच उल्लेखनीय रूपले विस्तार भएको जनाए। उनका अनुसार अहिले हरेक स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा पुगेका छन्। २०८१ सालको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ९.५ प्रतिशतले वृद्धि भई, निजी क्षेत्रमा प्रवाहित कर्जा ७ प्रतिशतले बढेको छ।
विप्रेषण आप्रवाह पनि उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्षमा रेमिट्यान्स ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। पौडेलका अनुसार चालु खाता र शोधान्तर स्थिति दुवै सकारात्मक (बचतमा) रहेका छन्। साथै, विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च अवस्थामा पुगेर १४.३ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ।
उद्योग विभाग र लगानी बोर्ड नेपालमार्फत ४७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको तथ्य पनि उनले सार्वजनिक गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस