Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको नाफा १८ करोड

सोमबार, ०८ माघ २०७४, १२ : १८ मा प्रकाशित

गरिमा विकास बैंकको नाफा १८ करोड

अर्थ संसार, काठमाडौं–  गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १५ करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको चालु आवको दोस्रो त्रैमाशको वित्तीय विवरणअनुसार बैंकको निष्क्रिय कर्जा घटेर ०.४७ प्रतिशतमा झरेको छ । गत असारमा बैंकको यस्तो कर्जा १ प्रतिशत थियो ।

बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २५ पैसा छ ।बैंकको निक्षेप लागत बढेर ८.१४ प्रतिशत पुगेको छ । गत असारमा बैंकको लागत ७.९५ प्रतिशत थियो । बैंकको सीडी रेसियो ७७.३४, आधार ब्याजदर ११.६३ र कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ६ प्रतिशत छ ।

समीक्षा अवधिमा बैंकले १७ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको संचित कोषमा ४६ करोड ९९ लाख रुपैयाँ छ । बैंकको चुक्तापूँजी  बढेर २ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । १५ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको