डोटीमा आइतबार बिहान साढे ९ बजे भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। के.आई.सिंह गाउँपालिका–५, केदार गाउँस्थित दिपायल–बोगटान भित्री सडकखण्डमा सुपप्र ०१ ००१ ज १४६४ नम्बरको जिप दुर्घटना भएको हो।
दुर्घटनामा डोटी बोगटान फुड्सिल गाउँपालिकाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए।
घाइतेमध्ये ५० वर्षीया चनादेवी चन्द, ४० वर्षीया महेश्वरा देवी चन्द, ४२ वर्षीया बिर्मा देवी चन्द, ४७ वर्षका नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुराकी २३ वर्षीया राधिका देउवा, उनका दुई वर्षीया छोरी रियान्सा देउवा, र डोटीकै १९ वर्षीय धनबहादुर बम रहेका छन्।
सबै घाइतेहरूलाई शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ।
जिप चालक, कैलाली धनगढी उपमहानगरपालिका–१८ बस्ने २४ वर्षीय हरिचन्द्र चौधरी पनि सामान्य घाइते भएका छन्। उपचारपछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस