Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकामा सडक दुर्घटना १९ प्रतिशतले घट्यो, शुक्रबार सबैभन्दा बढी दुर्घटना

अर्थ संसार

बुधबार, ०६ साउन २०८३, ०८ : १४ मा प्रकाशित

काठमाडौं उपत्यकामा सडक दुर्घटना १९ प्रतिशतले घट्यो, शुक्रबार सबैभन्दा बढी दुर्घटना

काठमाडौं उपत्यकामा सडक दुर्घटनाको संख्या लगातार घट्दै गएको देखिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा सडक दुर्घटना १९ प्रतिशतले कमी आएको छ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ८ हजार ८८१ वटा सडक दुर्घटना भएका थिए। यो संख्या आर्थिक वर्ष २०८१/८२ मा घटेर ७ हजार १६९ मा झरेको थियो भने आर्थिक वर्ष २०८२/८३ मा थप घटेर ५ हजार ८०३ मा सीमित भएको छ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा सम्बन्धित निकायले अवलम्बन गरेका प्रभावकारी ट्राफिक व्यवस्थापन, सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम र नियम कार्यान्वयनमा गरिएको कडाइले सकारात्मक परिणाम देखिएको जनाएको छ।

कार्यालयका अनुसार सडक दुर्घटना रोकथामका लागि चालक, पैदलयात्री तथा सबै सडक प्रयोगकर्ताले ट्राफिक नियमको पूर्ण पालना गर्नु आवश्यक छ। ट्राफिक नियमको पालना व्यक्तिगत सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै यसप्रति सबै नागरिक जिम्मेवार हुनुपर्नेमा पनि जोड दिइएको छ।

वर्षभरिको दुर्घटनाको विश्लेषण गर्दा शुक्रबार सबैभन्दा बढी १ हजार १०३ वटा सडक दुर्घटना भएको तथ्यांकले देखाएको छ। यस्तै, बुधबार सबैभन्दा कम ६४५ वटा दुर्घटना भएको उल्लेख गरिएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षामा थप सुधार ल्याउन ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनसँगै सडक प्रयोगकर्ताको जिम्मेवार व्यवहार अपरिहार्य रहेको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको