Like us!
Follow us!
Connect us!
Watch us!

बालुवाटार ब्रेकथ्रु मिसन: राजा फर्काउने प्लानमा, कमल थापा पक्राउ

अर्थ संसार

आइतबार, १८ जेठ २०८२, १५ : ५५ मा प्रकाशित

बालुवाटार ब्रेकथ्रु मिसन: राजा फर्काउने प्लानमा, कमल थापा पक्राउ

राजावादीहरूले जेठ १५ गतेदेखि थालेको आन्दोलन आइतबार पनि जारी रहँदा काठमाडौंको नारायण चौर क्षेत्रमा तनाव सिर्जना भएको छ। तेस्रो दिनको आन्दोलनको नेतृत्व संयुक्त राजावादी आन्दोलन समितिले गरेको थियो।

नारायण चौरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जुलुस लैजान खोजिएपछि प्रहरीले हस्तक्षेप गरेको हो। जुलुस अघि बढ्न थालेपछि प्रहरीले रोक्न खोज्दा स्थिति तनावग्रस्त बन्न पुगेको थियो। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेलसमेत भएको छ।

प्रहरी हस्तक्षेपका क्रममा राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापा लगायत केही नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ। आन्दोलनको क्रममा नारायण चौरमै आयोजित सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले हस्तक्षेप भएमा प्रतिकारमा उत्रिने चेतावनी दिएका थिए।

राजावादीहरू पुनःस्थापना र संवैधानिक राजतन्त्रको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। आन्दोलन अझै केही दिन जारी रहने जनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको