हिमानी ट्रस्टले दरबार हत्याकाण्डमा निधन भएका दिवंगत शाही परिवारका सदस्यहरूको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम यही जेठ १९ गते (सोमबार) साँझ ६:३० बजे काठमाडौंको नारायणहिटी दरबारस्थित श्री चतुर्व्यूह नारायण धाम परिसरमा हुने जनाइएको छ।
वि.सं २०५८ सालको जेठ १९ गते राति नारायणहिटी दरबारभित्र आयोजना गरिएको पारिवारिक भोजका क्रममा भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, र अन्य शाही सदस्यहरूको ज्यान गएको थियो। नेपाली इतिहासको एक दर्दनाक मोड मानिने यो घटनाको सम्झनामा ट्रस्टले प्रत्येक वर्ष विशेष कार्यक्रम आयोजना गर्दै आएको छ।
हिमानी ट्रस्टद्वारा जारी सूचनामा भनिएको छ, “स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव एवम् स्वर्गीय श्री ५ बडामहारानी ऐश्वर्य राज्य लक्ष्मीदेवी शाहलगायत सम्पूर्ण दिवङ्गत शाही परिवारका सदस्यहरूको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरिएको छ। सबैलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौं।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस