Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

अर्थ संसार

सोमबार, १९ जेठ २०८२, १० : ३६ मा प्रकाशित

सप्तकोशी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

सप्तकोशी डेभलपमेन्ट  बैंकले संस्थापक सेयर लिलाम मार्फत् बिक्रीका लागि राखेको छ।  बैंकले ४० हजार कित्ता संस्थापक सेयर सबैले पाउने गरि बिक्रिमा राखेको हो ।

उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ११० रूपैयाँ तोकिएको छ। आवेदन दिने क्रममा, इच्छुक व्यक्तिहरूले कम्तीमा १०० कित्ता र बढीमा सम्पूर्ण उपलब्ध सेयर माग गर्न सक्नेछन्।

इच्छुक लगानीकर्ताले आज जेठ १९ गतेदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा बिक्री प्रबन्धकको भूमिका सिटिजन्स क्यापिटल लिमिटेडले सम्हाल्नेछ। आवेदन फाराम काठमाडौंको डिल्लीबजारस्थित बिक्री प्रबन्धकको कार्यालयमा उपलब्ध हुने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको