Like us!
Follow us!
Connect us!
Watch us!

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, २० जेठ २०८२, ११ : ०० मा प्रकाशित

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ ६ गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणकोआईपीओ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये ९ लाख ९ हजार १०१ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि प्रथम चरणमा निष्कासन गरिरहेको छ।

आयोजना प्रभावितलाई छुट्याइएको सेयरमध्ये अति प्रभावित क्षेत्र अर्थात् गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ र ५ मा स्थायी बसोबास गर्नेका लागि ४० प्रतिशत अर्थात् ३ लाख ६३ हजार ६४० कित्ता र प्रभावित क्षेत्र सोही गाउँपालिकाको वडा नम्बर १, २, ३, ६ र ७ मा स्थायी बसोबास गर्नेका लागि ६० प्रतिशत अर्थात् ५ लाख ४५ हजार ४६१ कित्ता छुट्याइएको छ।

यसमा आवेदकले घटीमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

पहिलो चरणको आईपीओ बाँडफाँड गरिसकेपछि बाँकी रहने ३५ लाख ४५ हजार ४९५ कित्ता सेयरमध्ये ७० हजार ९१० कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन गर्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको