Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाको आज केन्द्रीय समिति बैठक, बालेन शाहलाई दलको नेता चयन गर्दै प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ्ने

अर्थ संसार

विहीबार, १२ चैत्र २०८२, ०७ : ११ मा प्रकाशित

रास्वपाको आज केन्द्रीय समिति बैठक, बालेन शाहलाई दलको नेता चयन गर्दै प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय समिति बैठक आह्वान गरेको छ। बैठक दिउँसो ४ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।

पार्टीका अनुसार केन्द्रीय समिति बैठक सम्पन्न भएपछि तुरुन्तै संसदीय दलको बैठक पनि बस्ने कार्यसूची रहेको छ। उक्त बैठकहरूमा संसदीय दलको नेता चयन लगायत विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ।

यसअघि गत पुस १३ गते बालेन शाह सँग भएको सात बुँदे समझदारीअनुसार पार्टीभित्र नेतृत्व सम्बन्धी सहमति कायम गरिएको थियो। सो सहमतिअनुसार पार्टी सभापतिको भूमिकामा रवि लामिछाने रहने र भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सार्ने सहमति भएको जनाइएको छ।

पार्टीका सचिवालय सदस्य गणेश पराजुलीका अनुसार सोही समझदारीलाई आधार मान्दै आज बस्ने संसदीय दलको बैठकले बालेन शाहलाई दलको नेतामा चयन गर्ने तयारी गरिएको छ।

यसैबीच नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहण आज संसद भवन, सिंहदरबारमा हुने कार्यक्रम रहेको छ। राजनीतिक तालिका अनुसार भोलि बालेन शाहले प्रधानमन्त्री पदको शपथ लिने तयारी भइरहेको छ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत हासिल गरेपछि संविधानको धारा ७६(१) अनुसार सरकार गठनको प्रक्रिया अघि बढेको हो। सोही संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिबाट बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको